जसपाको बैठक आज पनि बस्दै, उपराष्ट्रपतिबारे निर्णय लिने

बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुने सो दलका नेताले बताएका छन् । आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिलगायत विषयमा छलफल हुने सो दलका नेता मनिस सुमनले बताए

जसपाको बैठक आज पनि बस्दै, उपराष्ट्रपतिबारे निर्णय लिने

जनता समाजवादी पार्टी (जसपा) नेपाल को केन्द्रीय कार्यकारिणी समिति बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु हुने सो दलका नेताले बताएका छन् । आजको बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिलगायत विषयमा छलफल हुने सो दलका नेता मनिस सुमनले बताए ।  

आइतबार बसेको बैठकमा पनि राष्ट्रपति र उपराष्ट्रपति विषयमा छलफल भएको थियो । नेता सुमनका अनुसार जसपा राष्ट्रिय सहमतिमा नै राष्ट्रपति चयनको पक्षमा रहेको छ । आजको बैठकमा उपराष्ट्रपति जसपाले लिनुपर्ने विषयमा पनि छलफल हुने उनको भनाइ छ । चुनावमा पार्टीभित्र भएको अन्तर्घातको विषयमा भइरहेको छानबिन प्रतिवेदन चाँडै पेस गर्नुपर्ने विषयमा नेताहरुले कुरा उठाएपछि आज पनि त्यस विषयमा छलफल जारी रहने उनले बताए ।  

खबरपाटी
खबरपाटी