भारतीय सेनाध्यक्ष पाण्डेको प्रधानमन्त्रीसँग भेट, के-के भए कुराकानी ?

भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै छलफल भएन ।

भारतीय सेनाध्यक्ष पाण्डेको प्रधानमन्त्रीसँग भेट, के-के भए कुराकानी ?

काठमाडौं । भारतको स्थल सेनाका प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटेका छन् । तर भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै छलफल भएन ।

भारतीय सेनाले चार वर्षका लागि सैनिक भर्ना गर्ने गरी ‘अग्निपथ योजना’ अघि सारेको छ । नेपाली गोर्खा सैनिकको भर्ना पनि यही प्रक्रिया अनुरुप हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपालले यस विषयमा लिखितरुपमा जानकारी माग्दै तत्काललाई अग्निपथ योजना अनुसार नेपाली युवाको भर्तीलाई रोकेको छ । यो पृष्ठभूमिमा प्रधानमन्त्री देउवा र भारतीय सेना प्रमुखको भेटमा अग्निपथ योजनाबारे कुराकानी हुनसक्ने भनिएको थियो ।

तर स्रोतकाअनुसार यो विषयमा कुनै छलफल भएको छैन । सामान्य शिष्टाचार भेट मात्र भएकाले पनि अग्निपथबारे कुराकानी नभएको जिकिर गरेका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच सैन्यरुपमा संसारकै फरक सम्बन्ध रहेको बताए । एकअर्काको देशमा मानार्थ महारथिको सम्मान दिने परम्परालाई उल्लेख गर्दै देउवाले नेपाल र भारतको सेनाबीच फरक सम्बन्ध रहेको बताएका हुन् ।

उनले जनरल पाण्डेलाई मानार्थ महारथीको सम्मान प्राप्त गरेकोमा बधाई समेत दिए । पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।

खबरपाटी
खबरपाटी