नयाँ वर्षको पूर्वसन्ध्यामा लेकसाइडमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
नयाँ वर्षको पूर्वसन्ध्यामा पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरेर लेकसाइडमा विगत जस्तै यस पटक पनि पोखरा होटल सङ्घले १८औँ फेवा नव वर्ष महोत्सवको आयोजना गरेको छ ।