जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले आफ्नो नाम फिर्ता लिए

जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले आफ्नो नाम फिर्ता लिए

काठमाडौं – जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। 

संसदीय सुनुवाई समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले यसबारे मौखिक जानकारी दिएका हुन्। 

यसअघि होल्डमा रहेका उनको नामबारे निर्णय गर्न अहिले बसिरहेको बैठकमा उनले नाम फिर्ता लिने निवेदन पठाएको सभापति श्रेष्ठले जानकारी दिए।  

सरकारले गत २ असोजमा थापासहित १३ जनालाई रादजूतमा सिफारिस गरेको थियो ।

थापाविरुद्ध जपानको स्थायी बसोबास अनुमतिपत्र लिएको, श्रीमती र छोरा अझै जापानको पीआरवाहक रहेको, जापानमा चलअचल सम्पत्ति राखेको र त्यहाँको एक स्थानीय तहमा सल्लाहकार रहेर पारिश्रमिक बुझेको जस्ता विषयमा उजुरी परेको थियो । जवाफमा थापाले आफूले जापानको आवासीय अनुमति लिएको स्वीकार गरेका थिए ।

तर, उनले उक्त अनुमति त्यागिसकेको प्रष्टीकरण दिएका थिए । श्रीमतीसँगको जापानको पीआर रहेको र सम्पत्ति पनि रहेको उनले स्वीकारिसकेका छन् ।

खबरपाटी
खबरपाटी