मन्त्री कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा दिए

मन्त्री कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा दिए

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्।

मन्त्री घिसिङले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

जेनजी आन्दोलनपछि गठित सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

बालुवाटारबाट फर्किएपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

खबरपाटी
खबरपाटी