गृहमन्त्री अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरे

गृहमन्त्री अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरे

सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालयले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गरेका छन्।

कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि सुर्खेत आएका गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–११ मा निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण गर्दै आयोजनामा देखिएका कानुनी अप्ठ्यारा फुकाउन सरकारले सहयोग गर्ने बताए। उनले बाँकी काम समयमै सम्पन्न गर्न निर्देशनसमेत दिए।

भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका डिभिजन इन्जिनियर भरत पाठकले आयोजनाले ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको मन्त्री अर्याललाई जानकारी दिए।

उनले १२ किलोमिटर सुरुङ निर्माण कार्य पूरा भइसकेको बताए। उनका अनुसार अब इलेक्ट्रोमेकानिकल हाइड्रोमेकानिकलको काम बाँकी छ। बुधवार बिहानदेखि सुरक्षा गोष्टीमा मन्त्री अर्याल सहभागी हुने कार्यक्रम रहेको छ। 

 

 

खबरपाटी
खबरपाटी