तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने : वर्षमान पुन

तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने : वर्षमान पुन

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको मितिमा निर्वाचन नगराए सरकारको औचित्य समाप्त हुने बताएका छन्। 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानअनुसार नै ६ महिनाभित्र निर्वाचन गराउनेगरी म्याण्डेट दिइएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन नभए सरकारको औचित्य नरहने तर्क गरेका हुन्।

नेता पुनले निर्वाचन मिति सार्न सकिन्छ भन्ने मतमा कुनै तर्क नरहेको जिकिर समेत गरे। उनले तोकिएको मितिमा निर्वाचन गरेर अघि बढ्दा नै मुलुकलाई संकटबाट निकास दिन सकिने बताए। 

नेता पुनले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरी पुँजीगत खर्च गर्नुपर्ने समेत बताए। उनले जेनजी आन्दोलनले ध्वस्त बनाएका निजी क्षेत्रको उद्योग, व्यवसायलाई राहत दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

खबरपाटी
खबरपाटी