सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्ने हो : नारायणप्रसाद दाहाल

सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्ने हो : नारायणप्रसाद दाहाल

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।
सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यकता औँल्याएका छन्।

संघीय संसद सेवा दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटन भएपछि यो निर्वाचनको आवश्यकता र महत्व कति छ भन्ने कुराको अनुभूति सम्बन्धित सबै पक्षलाई भएको पनि स्पष्ट पारे।

उनले सो निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने काममा संघीय संसदको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। 

अध्यक्ष दाहालले जेनजी आन्दोलनको मुख्य मागको रुपमा रहेको भ्रष्टाचार नियन्त्रणको काममा संसदले पनि उत्तिकै महत्वका साथ काम गर्नुपर्ने अवस्था आएको बताए।

खबरपाटी
खबरपाटी