Texas College of Management and IT अन्तर्गत सञ्चालित BIT (Bachelor in Information Technology) कार्यक्रमका प्रथम सेमेस्टरका विद्यार्थीहरूले श्रावण 17 गते जरसिंह पाउवामा सफलतापूर्वक एरोनॉटिकल (विमान) ट्रायल फ्लाइट सम्पन्न गरेका छन्।
कार्यक्रमको उद्घाटन शङ्करापुर नगरपालिकाका सम्माननीय मेयर श्री रमेश नापितज्यू तथा उप–मेयर श्रीमती समीता श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा Texas College का प्रबन्ध निर्देशकले विद्यार्थीहरूलाई शुभकामना मन्तव्य दिँदै भविष्यमा अझ ठूलो सम्भावनाहरूको संकेत गरे।
विद्यार्थीहरूले उक्त परियोजनाको लागि कूल ६० घण्टा लामो प्रशिक्षण प्राप्त गरेका थिए, जसमा ३० घण्टा सैद्धान्तिक कक्षा र ३० घण्टा प्रयोगशालामा प्रयोगात्मक तालिम समावेश थियो। प्रशिक्षण अवधिभरमा विद्यार्थीहरूले IoT तथा रोबोटिक्ससम्बन्धी १५ वटा नविन परियोजना तयार पारेका छन्, जसको प्रदर्शनी यही श्रावण २३ गते Texas College को प्राङ्गणमा गरिनेछ।
परीक्षणका लागि प्रयोग गरिएको विमानमा एक इन्जिनसहित सम्पूर्ण आवश्यक उपकरणहरू जडान गरिएका थिए, जसले सुरक्षित र सफल उडान सुनिश्चित गरेको थियो। कलेज प्रशासनले प्रदर्शनीको दिन यी उडानहरू पुनः प्रदर्शन गर्ने तयारी गरेको छ।
आजको कार्यक्रममा दुईवटा विमानहरूको सफल परीक्षण उडान सम्पन्न गरिएको थियो। विद्यार्थीहरूको सृजनशीलता, लगनशीलता, र कडा परिश्रमको प्रतिफलस्वरूप यो उपलब्धि सम्भव भएको कलेज प्रशासनले जनाएको छ।