काठमाडौं– परिवर्तनका लागि सौर्य समाज नेपालको वार्षिक साधारण सभा संस्थाकी अध्यक्ष रमिला श्रेष्ठको सभापतित्व एवं समाजसेवी उद्यमी व्यवसायी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शैलेन्द्र गुरागाईं, रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोज कुमार चापागाई, परिवर्तनका लागि सौर्य समाजका पदाधिकारी एवं सदस्यहरू, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, समाजसेवी एवं डेरी उद्यमी नव प्रभात डेरी उद्योगका अध्यक्ष खुल प्रसाद हुमागाई, पत्रकारहरु एवं विभिन्न क्षेत्रमा काम गरिरहेका समाजसेवी व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो ।
पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि नरेशलाल श्रेष्ठले कार्यक्रमको समुद्घाटन गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रमका शब्दद्वारा सबैलाई स्वागत गरिन भनेआफ्नो भनाइ राख्दै अध्यक्ष रमिला श्रेष्ठले संस्था स्थापनादेखि हालसम्म गरिएका कार्यको बारे बताउँदै सामाजिक कार्य गर्दा मनमा छुट्टै आनन्द आउने कुरा बताइन । कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन एवं आगामी वर्षको अनुमानित आय व्यय र कार्य योजना प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सदस्यहरूबाट उठेका जिज्ञासा एवं आएका सुझावहरू संकलन गरिएको थियो । सो कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, रुद्राक्ष व्यवसायी सङ्घका अध्यक्ष मनोज कुमार चापागाई लगायतले आफ्नो मन्तव्य राख्दै सामाजिक कार्य गर्नु सबैभन्दा पुण्यको कार्य भएको बताएका थिए।
विशेष अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शैलेन्द्र गुरागाईंले कार्यक्रममा नाल्बाले अहिले छोटो समयमा गरेका सबै काम प्रशंसा गर्न लायकका भएको कुरा बताए । प्रमुख अतिथि नरेशलाल श्रेष्ठले आफूलाई सामाजिक कार्य गर्न अत्यन्तै खुसी लाग्ने र धेरै ठाउँमा सरिक हुने पनि गरेको बताउँदै यस संस्थासँग जोडिन पाउँदा आफू अत्यन्तै खुसी भएको कुरा बताउँदै सामाजिक कार्य गर्दा अरु ब्यक्ति खुशी हुने र त्यसबाट आफूलाई खुशी लाग्ने कुरा बताए । कार्यक्रममा अतिथि सबैलाई अध्यक्ष रमिलाले उपहार स्वरुप विरुवा प्रदान गरेकी थिइन् भने नेपाल डेरी एसोसिएसनले उपस्थित सबैलाई मोही र साउन १५ को उपलक्ष्यमा खीर प्रबर्द्धन गर्ने भन्दै खीर खुवाएको थियो ।