काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)० को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् राखेप लाई आग्रह गरेका छन् ।
राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउने काममा ध्यान दिन परिषदलाई निर्देशन दिएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)० ले आयोजना गर्ने दोस्रो संस्करणको एनपिएलको आयोजनामा देखिएको अन्योललाई चिर्दै प्रधानमन्त्री ओलीले खेल क्षेत्रमा कुनै पनि राजनीतिक नगर्न सबैलाई आग्रह गरे ।
उनले नेपालको खेल क्षेत्र आम्दानी र व्यवसायको क्षेत्र पनि हो भन्ने स्थापित हुने स्थिति बन्दै गएको बताए ।
आफूले हालै स्पेन भ्रमणका क्रममा रियल मड्रिडको स्टेडियम हेरेर आएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले दशरथ रंगलाशाको क्षमता कम भएकाले भक्तपुरको सूर्यविनायकमा कम्तीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाउने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अब पनि सार्ने काम भएमा राष्ट्रिय लज्जाको विषय हुने भएकाले आगामी मंसिरमा प्रतियोगिता गर्न परिषद् निर्देशन दिए ।
आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ ।