अनलाइन व्यवसाय दर्ता गर्न वाणिज्य विभागको आग्रह

अनलाइन व्यवसाय दर्ता गर्न वाणिज्य विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनलाइन व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । 

विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सामान वा सेवाको कारोबार गर्ने व्यवसायीहरूलाई आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता गर्न आग्रह गरेको हो । 

हालसम्म अनलाइनबाट व्यापार गर्नेहरूका लागि कानुनी व्यवस्था गरिएको छैन । सरकारले सूचना प्रविधिको प्रयोग गरेर हुने किनबेचलाई नियमन गर्न र उपभोक्ताको हित सुरक्षित राख्नका लागि सरकारले वैशाख २ गतेदेखि ‘विद्युतीय व्यापार (९इ–कमर्स)ऐन २०८१’ लागु गरेको छ ।

यो ऐनअनुसार दर्तामा आउनका लागि ३ महिनाको समय दिएको छ । यो ऐन साउन २ गतेसम्म दर्ता गरिसक्नुपर्ने छ । 

सोहीअनुसार विभागले अनलाइन व्यापार गरिरहेका व्यवसायी र नयाँ व्यवसाय गर्न चाहनेहरुले  आगामी साउन २ गतेभित्र विभागको विद्युतीय व्यापार पोर्टलमा सूचीकृत हुनु पर्ने विभागले जनाएको छ ।

खबरपाटी
खबरपाटी