क्लब विश्वकपको क्वार्टरफाइनल समीकरण : रियलको प्रतिद्वन्द्वी डर्टमण्ड, पीएसजी र बायर्न भिड्ने

क्लब विश्वकपको क्वार्टरफाइनल समीकरण : रियलको प्रतिद्वन्द्वी डर्टमण्ड, पीएसजी र बायर्न भिड्ने

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकप २०२५ को क्वार्टरफाइनलमा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

१३ जुलाईमा न्यु जर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनलतर्फ अघि बढ्न अब आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जसअनुसार क्वार्टरफाइनलमा फ्लुमिनेसे र अल हिलाल भिड्नेछन् भने पाल्मेइरासविरुद्ध चेल्सी मैदानमा उत्रिनेछ । यस्तै, पेरिस सेन्ट जर्मेन र बायर्न म्युनिख भिड्दा रियल म्याड्रिडले बोरुसिया डर्टमण्डसँग खेल्नेछ ।

अब यी आठ क्लबबीच ४ जुलाईदेखि ९ जुलाईसम्म क्वार्टरफाइनलका प्रतिस्पर्धा हुनेछन्। विजेताहरू सेमिफाइनल हुँदै १३ जुलाईमा न्यु जर्सीमा हुने महामुकाबलातर्फ अघि बढ्नेछन्।

क्लब फुटबलका विश्वचर्चित स्टार खेलाडीहरूले भरिपूर्ण यी खेलहरूलाई विश्वभरका दर्शकहरूले चासोका साथ हेरिरहेका छन्।

खबरपाटी
खबरपाटी