नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्दै

नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौं – नेपालले एसिसी यु–१६ इस्ट जोन कपमा भुटानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

मलेसियाको सेलाङ्गोर टर्फ क्लबको मैदानमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङको निर्णय लिए।

नेपाल लगातार चौथो जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यमा छ। यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई पराजित गरेको थियो।

यता समूहचरणबाटै बाहिरिसकेको भुटान पनि जितका साथ प्रतियोगिताको अन्त्य गर्न चहान्छ।

खबरपाटी
खबरपाटी