‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ’-वनमन्त्री शाही

‘पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ’-वनमन्त्री शाही

भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पर्यटन क्षेत्रको विकासबाट आर्थिक गतिविधि चलायमान बनाउँदै मुलुकलाई समृद्ध बनाउन सकिने धारणा राखेका छन् । 

आज भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घ्याम्पे डाँडामा सुरु भएको ‘स्वनिग रिसोर्ट’को शिलान्यास गर्दै उहाँले पयटकीय क्षेत्रको विकास देशका आर्थिक विकासको मेरुदण्ड भएको बताए ।

पर्यटकीय क्षेत्रको विकासले समृद्ध मुलुक निर्माणको यात्रामा अगाडि बढ्न सकिने भन्दै मन्त्री ठकुरीले पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण र प्रवर्द्धन गरी पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । भक्तपुर क्षेत्रमा प्रशस्त पर्यटकीय स्थल रहेकाले यहाँको पर्यटन प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्ने उनको भनाइ छ ।

खबरपाटी
खबरपाटी