बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग

बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न माग

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे र मेयर बालेन शाहका स्वकीय सचिवमाथि कारबाही गर्न विभिन्न पेशागत संगठनहरूले माग गरेका छन् । उनीहरूले चैत २१ गते घटेको अनुशासनहीन, गैरकानुनी र अमर्यादित घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएका हुन् ।

स्थानीय तहमा क्रियाशील कर्मचारी युनियन, संघ, परिषद् तथा मजदुर संगठनहरूले बिहीबार प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा प्रमुख पाण्डेलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बन गर्न आग्रह गरिएको छ । त्यस्तै, बालेन शाहका स्वकीय सचिवमाथि सार्वजनिक सञ्चारमाध्यममार्फत उपप्रमुख र वडाध्यक्षहरूमाथि लाञ्छना लगाउने प्रयास गरिएको आरोप पनि लगाइएको छ ।

खबरपाटी
खबरपाटी