सुरेश रजत र सविन महर्जनको परिवारलाई ५/५ लाख रुपैयाँ दिने दुर्गा प्रसाईंको घोषणा

सुरेश रजत र सविन महर्जनको परिवारलाई ५/५ लाख रुपैयाँ दिने दुर्गा प्रसाईंको घोषणा

काठमाडौं । राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका सुरेश रजत र सविन महर्जनको परिवालाई ५। ५ लाख रुपैयाँ दिने घोषणा दुर्गा प्रसाईले गरेका छन् ।

प्रसाईले आन्दोलनका क्रममा ज्यान गुमाएका ती दुई परिवारका सदस्य तथा उनीहरुको वालबच्चाको पठनपाठनको लागि उक्त रकम दिने घोषणा प्रसाईले गरेका छन् ।

प्रसाईले हिमाली क्षेत्र ब्याकग्राउण्डमा देखिने गरी एक भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आफू नभागेको घोषणा गरेका छन् । प्रसाईले नेपाल र नेपाली बचाउने अभियान सञ्चालन गरेकोले आफू बाहिर निस्किएर आएपछि उक्त पैसा दिने बताएका छन् ।

प्रसाईले मिडियाबाट आफूनो ज्यानै लिने योजना सरकारले बनाइरहेको जानकारी पाएको आफू सुरक्षित बसेको तर नभागेको बताएका छन् । उनले सरकारले पेरुमा भएको जनविद्रोहमा त्यहाँ गोन्जालोलाई पक्राउ गरेर मारिएपछि त्यहाँको जनविद्रोह बिफल बनाएको स्मरण गर्दै आफू पेरुको गोन्जालो बन्न नचाहेको बताएका छन् ।

प्रसाईले आफ्ना कानून व्यवासायी र मानवअधिकारको राेहवरमा आफूलाई सुरक्षित महसुस हुने वातावरण बनाइदिने हाे भने भोलि नै सार्वजनिक हुन पनि तयार रहेको बताएका छन् ।

खबरपाटी
खबरपाटी