रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं : मुकुल ढकाल

रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले रविको चर्को आलोचना गरिरहेका छन्।

उनले आज मात्रै सामाजिक सञ्जालमार्फत रविको पार्टी नभइ राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन सुझाव दिएका छन्।

‘रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं। तितो लाग्न सक्छ, तर सत्य यहि हो, राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनपर्छ। दुई-चार हजार अरिङ्गलका कमेन्ट हेरेर डराउन जरूरी छैन,’ उनले भने।

आइतबार मात्र मुकुलले रविले प्रधानमन्त्री बन्न हतार गरेको प्रतिक्रिया दिएका थिए।

खबरपाटी
खबरपाटी