राष्ट्रपति पौडेलद्वारा राम नवमी पर्वको शुभकामना

राष्ट्रपति पौडेलद्वारा राम नवमी पर्वको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राम नवमी पर्व, २०८१ को शुभकामना व्यक्त गरेका छन् ।

हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा ‘राम नवमी’ पर्व  धूमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । 

 

खबरपाटी
खबरपाटी