तीनकुने घटनाबारे कानुन समितिले माग्यो गृहमन्त्रीको जवाफ

तीनकुने घटनाबारे कानुन समितिले माग्यो गृहमन्त्रीको जवाफ

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले चैत १५ गते काठमाडौँको तीनकुने लगायतका क्षेत्रमा भएको घटनाका विषयमा गृहमन्त्रीसँग जानकारी लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको बैठकमा सांसदहरूले उक्त घटनामा गम्भीर मानवअधिकार उलङ्घन भएको भन्दै गृहमन्त्रीको जवाफ माग गरे पनि समितिले गृहमन्त्रीसँग जानकारी लिने निर्णय गरेको हो । 

Lसमिति सभापति विमला सुवेदीले चैत १५ गते राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु, धेरै घाइतेका साथै ठूलोजनधनको क्षति भएकाले यस विषयमा गृहमन्त्रीसँग जानकारी लिने निर्णय भएको बताइन् । 

उनले उक्त घटनामा नेपालको संविधानको प्रस्तावनामा रहेको सम्पत्तिको हक एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्र लगायत अन्तर्राष्ट्रिय कानूनहरुले प्रदान गरेको नागरिकको अधिकारमासमेत गम्भीर आघात पुग्न गएको देखिएको उल्लेख गरे ।  

बैठकमा समिति सदस्यहरूले तीनकुने घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गरेका थिए । त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनलाई संशोधनसहित पारित गरिएको समिति सभापति सुवेदीले जानकारी दिइन् ।  

खबरपाटी
खबरपाटी