काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर नेपालमा राजतन्त्र नफर्कने बताएका छन् । आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै उनले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुन्डा नाइकेको संज्ञा समेत दिए ।
उनले गरेको आन्दोलनले भाटभटेनीमा लुटपाट र ढुङ्गा हानेर राजसंस्था फर्काउन सम्भव नभएको समेत गुरुङले बताए।
राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ । उनले भने, ‘हामीले बर्सेनि ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ रु हाम्रा दशौँ हजार भाइ बहिनीको सुरक्षा खोइ रु दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ रु’
राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे ।
‘मारवाडीले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन रु मारवाडी भगाउन सम्भव छ रु देश कङ्गाल बनाउने रु दुर्गा प्रसाईँ गुन्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उनले भने, ‘उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ रु भाटभटेनीमा ढुङ्गा हानेर नेपालको संविधान मेटिन्छ रु हामी बुझ्दैनौँ रु यो सबै डकैत हो ।’
राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक जलाएका थिए भने कयौँ घरमा ढुङ्गा प्रहार गरेर क्षति पुर्याएका थिए ।
चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईंको नेतृत्वमा राजधानीको तीनकुने र कोटेश्वर क्षेत्रमा विध्वंश मच्चिएको थियो ।