कुलमान घिसिङलाई हटाएपछि विद्युत् प्राधिकरण अगाडि सुरक्षा सतर्कता कडा

कुलमान घिसिङलाई हटाएपछि विद्युत् प्राधिकरण अगाडि सुरक्षा सतर्कता कडा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयपछि प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षा सतर्कता कडा पारिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि रत्नपार्क क्षेत्र लगायतका स्थानहरूमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीको उपस्थिति बढाइएको हो।

खबरपाटी
खबरपाटी