सकिनै लागेको नागढुंगा सुरुङमा फेरि स्थानीयको अवरोध

सकिनै लागेको नागढुंगा सुरुङमा फेरि स्थानीयको अवरोध

निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीयले ठप्प पारेका छन्। 

खानेपानीको व्यवस्था गर्नुपर्नेलगायत माग राखेर चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले आइतबारदेखि निर्माणको काममा अवरोध गरेका हुन्।

स्थानीयले आफ्ना माग पूरा नगरेसम्म काम गर्न नदिने अडान राखेका छन्। सुरुङको मुख अगाडि मागसहितको ब्यानर टाँगिएको छ।

अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प बनेको छ। स्थानीयको पटक-पटकको अवरोधले गर्दा आयोजना पूरा हुन सकेको छैन।

यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले कामा अवरोध गरेका थिए। निर्माणमा कुनै समस्या नआए आगामी असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी आयोजनाको छ।

२०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८६ प्रतिशत काम सकिएको छ।

खबरपाटी
खबरपाटी