राष्ट्रपतिले प्रमाणीकरण गरे चारवटा विधेयक

राष्ट्रपतिले प्रमाणीकरण गरे चारवटा विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले चारवटा विधेयक प्रमाणीकरण गरेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भएका चार विधेयक आज आइतबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।  

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार ( इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक, संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

खबरपाटी
खबरपाटी