प्रदेशस्तरीय भलिबलको फाइनलमा आज शुक्लागण्डकी र बौदीकाली भिड्दै

प्रदेशस्तरीय भलिबलको फाइनलमा आज शुक्लागण्डकी र बौदीकाली भिड्दै

काठमाडौं। प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवलपुरको बौदीकाली गाउँपालिका बिच मंगलबार प्रतिस्पर्धा हुँदैछ  । जिल्लाको शुक्लागण्डकी–५ मा जारी चौथो शुक्लागण्डकी महोत्सवअन्तर्गत प्रदेशस्तरीय भलिबल प्रतियोगिताको फाइनलमा शुक्लागण्डकी र बौदीकाली भिड्ने भएका हुन् ।  


सोमबार भएका सेमिफाइनलको पहिलो खेलमा स्याङ्जाको हरिनास गाउँपालिकालाई ३–१ को सेटले पराजित गर्दै शुक्लागण्डकीले फाइनलको यात्रा सुरक्षित गरेको थियो । 

दोस्रो खेलमा नवलपुरको बौदीकालीले स्याङ्जाको पुतलीबजार नगरपालिकालाई ३–१ को सेटमा हराउँदै फाइनलमा शुक्लागण्डकीसँग भिड्ने पक्का गरेको थियो । 
यसैगरी तेस्रो स्थानका लागि स्याङ्जाको हरिनास गाउँपालिका र स्याङ्जाकै पुतलीबजार नगरपालिकाबीच मङ्गलबार खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने समूहले नगद रु दुई लाख, द्वितीयले रु एक लाख, तृतीयले रु ५० हजार र सान्त्वना हुनेले रु २५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 

खबरपाटी
खबरपाटी