सिन्धुपाल्चोक भूकम्प : आत्तिएर हामफाल्दा घाइते

सिन्धुपाल्चोक भूकम्प : आत्तिएर हामफाल्दा घाइते

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्प आउँदा आत्तिएर हामफाल्दा एकजना घाइते भएका छन्।

चौतारास्थित जिल्ला कारगारमा भोटेकोशी गाउँपालिका-५ का ३३ वर्षीय स्याङबो तामाङ भूकम्प आउँदा आत्तिएर दोस्रो तलाबाट हामफाल्दा घाइतेको भएको जिल्ला प्रहरी सिन्धुपाल्चोकले जनाएको छ। उनको हात भाँचिएको छ।

चौतारा अस्पतालमा उपचारपछि तामाङ डिस्चार्ज भइसकेको प्रहरीको भनाइ छ।

खबरपाटी
खबरपाटी