बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो

बार्सिलोना एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो

काठमाडौं । कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

मंगलबार भएको खेलमा ४(४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे ।

बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे ।

रियल मड्रिड र रियल सोडिडाडबीच दोस्रो सेमिफाइनलको पहिलो लेग आज हुनेछ।

खबरपाटी
खबरपाटी