ट्रम्पले ल्याए गोल्ड कार्ड भिसा कार्यक्रम : अब ५० लाख डलरमा अमेरिकी नागरिकता

ट्रम्पले ल्याए गोल्ड कार्ड भिसा कार्यक्रम : अब ५० लाख डलरमा अमेरिकी नागरिकता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ुट्रम्प गोल्ड कार्डु नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। यसलाई ५० लाख डलरमा किन्न सकिने छ। ट्रम्पले यसलाई अमेरिकी नागरिकता पाउने बाटोको रूपमा वर्णन गरेका छन्।


अमेरिकी राष्ट्रपतिले ुट्रम्प गोल्ड कार्डु लाई इबी-५ भिसा कार्यक्रमको विकल्पको रूपमा वर्णन गर्दै भविष्यमा १० लाख गोल्ड कार्डहरू बेचिने बताए। उनले यो पहलले राष्ट्रिय ऋण चाँडै चुक्ता गर्न सक्ने पनि दाबी गरे।

इबी(५ भिसा कार्यक्रम के हो?


हाल अमेरिकामा नागरिकता प्राप्त गर्न इबी(५ भिसा कार्यक्रम छ। यो १९९० देखि लागू भएको हो। 

यस भिसा कार्यक्रमको उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो। उक्त भिसा कार्यक्रममा सामेल हुने मानिसले कम्तिमा १ मिलियन डलर बराबरको लागानी गर्नुपर्ने जसले कम्तिमा १० रोजगारी सिर्जना गर्ने हुनुपर्ने प्रावधान रहेको छ। 

खबरपाटी
खबरपाटी