डा. केसीको स्वास्थ्य अवस्था बिग्रियो, भोलि अनसन तोड्ने
२ पुष २०८०, सोमवार
काठमाडौं । मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशानुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशानुगत परीक्षण गरिनेछ । यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो । प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने जनाइएको छ । योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित गर्नेछ ।
भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि ६० हजार लाग्ने गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण ३० हजारमा हुने स्वास्थ्य मन्त्राल