
काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति, महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्तान्तरण गरिएको छ।
आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर र टेस्ट किटहरू अस्पताललाई हस्तान्तरण गरिएको हो।
संघका तर्फबाट पूर्वकोषाध्यक्ष हिक्मत थापाले ती उपकरणहरू हस्तान्तर गरे।
उक्त अवसरमा बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले अस्पताललाई उपलब्ध गराइएको सहयोगले अस्पतालको सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तीर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दी