आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । संसदीय समितिका पछिल्ला बैठहरुमा कोरम पुग्नै छाडेको छ । आज सोमबार अर्थ समितिको बैठक पनि कोरम नपुगेर स्थगित भएको छ । सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्न आज विहान ११ बजे बैठक बोलाइएको थियो ।
अर्थ समिति २३ सदस्यीय रहेको छ । संसदीय समितिको ५१ प्रतिशत सदस्यहरुको उपस्थिति अनिवार्य छ । आजको अर्थ समितिको बैठक सञ्चालनका लागि न्यूनतम् १२ जना सदस्यको उपस्थित हुनुपर्नेमा १० जनामात्रै भएपछि स्थगित गरिएको थियो । अर्थ समितिको बैठक बस्न गणपुरक नपुगेर यसअघि पनि पटक–पटक स्थगित हुँदै आएको छ ।