काठमाडौं । भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्।
निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ ।
त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि निशा र पुरुष ३० वर्ष मुनि जितले स्वर्ण पदक जितेका छन्।
टोलीकी प्रशिक्षक आयशा शाक्यका अनुसार रोजेन प्रजापतिले जुनियर पुस्सेमा स्वर्ण पदक प्राप्त गरेका छन्।
प्रेमबहादुर लिम्बुले ३० वर्ष मुनि रजत पदक जितेका हुन् । अन्जना चौधरी र रमिला लामाले महिला ३० वर्ष मुनि तथा अस्मिन राउतले कास्य पदक जितेका छन्।
भियतनाम पिपल्स पब्लिक सेक्युरिटी स्पोर्टस एसोसिएसनको आयोजना आइतवार सम्पन्न च्याम्पियनसिपलाई वर्ल्ड पुलिस तेक्वान्दो फेडेरेसनले प्रमोट गरेको थियो। च्याम्पियन्सिपमा २९ राष्ट्रका ७ सय ७१ खेलाडीको सहभागिता थियो।