भारतविरुद्ध दोस्रो टेस्टमा अस्ट्रेलियाको १० विकेटको जित

भारतविरुद्ध दोस्रो टेस्टमा अस्ट्रेलियाको १० विकेटको जित

काठमाडौं । भारत र अस्ट्रेलियाबिचको दोस्रो टेस्ट अस्ट्रेलियाले १० विकेटले जितको छ।

एडिलेडमा भएको दोस्रो टेस्टमा भारतले दिएको १९ रनको लक्ष्य आइतबार अस्ट्रेलियाले ३।२ ओभरमै विकेट नगुमाइ पूरा गरेको हो। यो सँगै पाँच खेलको टेस्ट सिरिज १(१ को बराबरीमा आएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङमा १ सय ८० रन बनाएको थियो। जवाफमा पहिलो इनिङमा अस्ट्रेलियाले ३ सय ३७ रन बनायो। दोस्रो इनिङमा पनि भारत गतिलो प्रदर्शन गर्न असफल हुँदा उसको पुरै टोली १ सय ७५ रनमा अलआउट भयो।

त्यसपछि अस्ट्रेलियाले जितका लागि केवल १९ रनको लक्ष्य पायो। जुन लक्ष्य अस्ट्रेलियाले विकेट नगुमाइ पुरा गर्यो। दोस्रो टेस्ट तेस्रो दिनमै अस्ट्रेलियाले आफ्नो पक्षमा पारेको हो। अस्ट्रेलियाका नाथन म्याकस्वेनी १० तथा उस्मान ख्वाजा ९ रनमा अविजित रहे।

त्यसअघि दोस्रो इनिङमा भारतलाई धारासायि बनाउन प्याट कमिन्सले ५ विकेट लिएका थिए भने स्कट बोलान्डले ३ र मिचेले स्टार्कले २ विकेट लिए। त्यसअघि पहिलो टेस्टमा स्टार्क एक्लैले ६ विकेट लिएका थिए।

अब यी दुईबिचको तेस्रो टेस्ट १४ डिसेम्बर मा ब्रिसबेनमा सुरु हुनेछ।

खबरपाटी
खबरपाटी