परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

परराष्ट्रमन्त्री राणा आज युरोप जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार युरोप जाँदैछिन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनी अन्तर्राष्ट्रिय अदालत ९आईसीजे०मा नेपालको प्रतिनिधित्व गर्न युरोप भ्रमणमा जान लागेको जनाएको छ।

मन्त्रालयका अनुसार मन्त्री राणाले सुरुमा नेदरल्यान्ड्स र त्यसपछि जर्मनीको भ्रमण गर्नेछिन्।

डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’सम्बन्धी सार्वजनिक सुनुवाइमा नेपालको धारणा प्रस्तुत गर्ने मन्त्रालयले जनाएको छ।

उक्त सुनुवाइ डिसेम्बर २ देखि १२ सम्म नेदरल्यान्ड्सको हेगमा भइरहेको छ। सो कार्यक्रमपछि मन्त्री राणा समान अधिकारसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जर्मनी जाने बताइएको छ।

उनले बेल्जियम, लक्जेम्बर्ग, जर्मनी र युरोपियन युनियन ९ईयू०का उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उनी डिसेम्बर २० मा स्वदेश फर्कने कार्यक्रम तय भएको छ।


 

खबरपाटी
खबरपाटी