रविलाई भेटेर निस्केपछि बोले बाबुराम- राजनीतिक प्रतिशोधबाहेक केही होइन

रविलाई भेटेर निस्केपछि बोले बाबुराम- राजनीतिक प्रतिशोधबाहेक केही होइन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका डा। बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको आरोप लगाएका छन्। शुक्रबार पोखरास्थित कारागारमा सभापति लामिछानेलाई भेट्न पुगेएका उनले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले आफूहरुले नयाँ शक्तिको अभियान शुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा रविलाई चिनेको बताए। उनले सभापति लामिछानेलाई अस्वभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए। सहकारीसम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए।

उनले सहकारी पीडितलाई न्याय दिनुपर्नै बताए। भेटका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध लिएर समातिएको बताएको पनि पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिए।

उनले भने, ‘रविजीलाई मैले हामीले नयाँ शक्तिको अभियान शुरु गरेपछि जुन राजनीतिक शक्तिहरु उदय भइरहेको छ। ति मध्येको एउटा सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा बुझ्छु । त्यसैले उहाँप्रति सधैँ नै सद्भाव पनि छ । तर जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ । योप्रति अस्वभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यवद्धता जनाउन यहाँ आएको हो। उहाँको स्वास्थ्य कस्तो छ भनेर हो । उहाँ स्वस्थ नै हुनुहुँदो रहेछ । तर पनि यो अलि प्रतिशोधपूर्ण नै भयो भनेर बुझ्छु।ु

पूर्वप्रधानमन्त्री भट्टराईले सहकारी पीडितको समस्यालाई विषयान्तर गर्न खोजिएको आरोप लगाए।

खबरपाटी
खबरपाटी