एनपीएलको आजको दशौं र एघारौं खेल तालिका

एनपीएलको आजको दशौं र एघारौं खेल तालिका

काठमाडौं । आज नेपाल प्रिमियर लिग ९एनपीएल० को दशौं र एघारौं खेल हुँदैछ । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुँदैछन् । सो खेल बिहान ९ स् १५ बजेबाट सुरू हुनेछ ।

यस्तै दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स बिचमा प्रतिस्पर्धा हुँदैछ । सो खेल अपरान्ह १ ः १५ बजेबाट सुरू हुनेछ ।

आज हुने पहिलो खेलमा पोखराबाट कुशल भुर्तेल नेतृत्व गर्दैछन् भने लुम्बिनीको नेतृत्व रोहितकुमार पौडेलले गर्नेछन्  ।

एनपीएल गत शुक्रबारबाट सुरू भएको थियो ।  एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

खबरपाटी
खबरपाटी