अस्ट्रेलियाविरुद्ध भारत १८० रनमा अल आउट

अस्ट्रेलियाविरुद्ध भारत १८० रनमा अल आउट

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा १८० रन बनाएको छ ।


एडीलेडमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले १८० रन बनाउदा अल आउट भएको हो ।


भारतका लागि नितिश कुमार रेड्डीले सर्बाधिक ४२ रन बनाएका थिए भने केएल राहुलले ३७, शुभमन गिलले ३१, आर आश्विनले २२ रन र ऋषव पन्तले २१ रन बनाएका थिए ।


त्यस्तै अस्ट्रेलियाका मिचेल स्टार्कले ६ विकेट लिएका थिए पाट कमिन्स र स्कट बोल्याण्डले २(२ विकेट लिएका थिए ।


अहिले अस्ट्रेलियाले आफ्नो जवाफी ब्याटिंग गरिरहेको छ ।

खबरपाटी
खबरपाटी