आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा नेपाल र नेदरल्याण्ड्सको खेल अमेरिकाको ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा चलिरहेको छ ।
१० वर्षपछि विश्वकप खेल्दा नेपाली क्रिकेट समर्थन पनि निकै उत्साहित छन् । रंगशालामा १० हजार बढी नेपाली दर्शक सहभागी भएका छन् । नेपाल र नेदरल्याण्ड्सको खेल हेर्न नेपालमा पनि टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष लाइभ हेर्ने व्यवस्था मिलाइएको छ ।
नेपालले विश्वकप खेलेको हेर्न टुँडिखेलमा धेरै क्रिकेटप्रेमी भेला भएका छन् । त्यहाँ ३० बाई १८ फिटको एलईडी स्क्रिनमा विश्वकप प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था गरिएको छ ।
प्रत्यक्ष प्रशारण हेर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्ट र युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गरेको छ ।