बर्दिया, बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ ले वडाले प्रदान गरिने सेवालाई प्रभावकारी, सर्वसुलव र छितोछरीटो बनाउनका लागि मोबाईल वडा एप संचालनमा ल्याएको छ । बिहीबार वडा मोबाईल एप्सको उद्घाटन कार्यक्रमको आयोजना गरी संचालनमा ल्याएको हो ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले सुशासन र पारदर्शितामा सहयोग पुर्याउने बताउनु भएको छ । सेवा प्रवाह र वडा तथा पालिका स्तरमा संचालन हुने गतिविधिलाई जनता समक्ष पुर्याउने र जनताका गुनासो, सल्लाह सुझाव, आलोचना र आपतकालिन विपत्तीका बेलामा यो एपले महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गर्नु भएको छ । प्रविधिको जवानामा प्रविधिमैत्री पालिका बनाउने अहिलेको आवश्यकता भईसकेको र सबै जनतालाई एपमा जोड्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष इन्द्र प्रसाद थारुले वडाबासीहरुलाई एपमा जोडिन आग्रह गर्नु भएको छ । एप भित्र वडाका सम्पुर्ण गतिविधि, सुचना, आवश्यक जानकारी प्राप्त गर्न सकिने भएकोले एपमा जोडिन आश्यक रहेको बताउनु भएको छ । उद्घाटन कार्यक्रममा बेल्ने बक्ताहरुले सेवा प्रवाहमा प्रभावकारीता ल्याउने बिश्वास ब्यक्त गर्दै सफलताको सुभकामना दिनु भएको छ ।