आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं : त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको अंक बाँडिएको हो।
योसँगै नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुने भएको छ। अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपालको ४ अंक र नामिबियाको ३ अंक मात्र रहेको छ।
लिग चरणमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँगको दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जित हासिल गरेको थियो। आइतबार टस जितेर पहिले नेदरल्याण्डसले फिल्डिङ रोजेको थियो। नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९४ रन बनाएपछि बर्षाले खेल रोकिएको हो
वर्षाले रोकिएको खेल सुचारु हुन नसक्दा १/१ अंक बाँडेका हुन्।