वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दै

नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बन्न सफल

वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दै

काठमाण्डौ – वाफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल जोर्डनसँग खेल्दैछ । खेल नेपाली समय अनुसार आज राति पौने १० बजे साउदी अरेबीयाको प्रिन्स अब्दुल्लाह अल फैसल स्टेडियममा हुनेछ । अस्ति लेबनानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो  ।

जोर्डनले प्यालेस्टाइनलाई हराएर फाइनलमा पुगेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

खबरपाटी
खबरपाटी

लोकप्रिय