लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिपकोफाइनल प्रवेश

नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बन्न सफल

लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल वाफ महिला च्याम्पियनसिपकोफाइनल प्रवेश

काठमाण्डौ – नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो  । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै नेपालले इन्ज्युरी समयमा प्रिती राईको गोलमा २–१ को पुनरागमन जित दर्ता गरेको हो ।

खेल १–१ को बराबरीमा रहेको अवस्थामा नेपालले इन्ज्युरी समयमा कर्नर किक पाएको थियो । त्यसअघि खेलको ७६ औँ मिनेटमा सावित्रा भण्डारीले  साम्बाले  गोल गरेकी हुन् । पहिलो हाफको ३८औँ मिनेटमै लेबनानको गोल भएको थियो । नेपालले अब भोलि उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपालले समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको थियो ।

खबरपाटी
खबरपाटी

लोकप्रिय