आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं। ललिता निवास प्रकरणमा पक्राउ परेका २ जनालाई अदालतले थुनाका लागि थप म्याद नदिएपछि बुधबार छुटेका छन्।
मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरी घिमिरे छुटेका हुन्। उनीहरूलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश गरेको हो।
उनीहरूलाई अभियोग पत्र पेस गर्दा सँगसँगै पेस गर्न आदेश भएको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबी प्रवक्ता नवराज अधिकारीले बताए।
गौतम पक्राउ परेको ५१ औँ दिनमा छुटेका हुन्। घिमिरे भने पछि पक्राउ परेका थिए। अन्यको हकमा भने अदालतले ५ दिनको समय दिएको छ। ललिता निवास प्रकरणमा भदौ ८ गतेभित्र अदालतमा मुद्दा दर्ता भइसक्नुपर्ने छ।