काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीको वैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले १स्१ को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गरेको थियो । कम्पनीको असार ७ गते, सम्पन्न भएको विशेष साधारण सभाले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्रीमा ल्याउने प्रस्ताव पारित गरेको थियो ।
सोही हकप्रद निष्कासन गर्न कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको हो । अब उक्त हकप्रद सेबोनबाट स्विकृत भएपछि निष्कासन गरिनेछ ।
कम्पनीलृ हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
कम्पनीले उक्त हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम मध्येबाट ९३ करोड ३९ लाख ८१ हजार ३ सय पिके हाइड्रोपावर प्रा. लि. ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजि को लागि पिके हाइड्रोपावर प्रा. लि. को संस्थापक सेयरमा लगानी गर्नेछ र बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३ सय यस कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी(१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्नेछ ।