उपचारको अभावमा एक शिशुको मृत्यु

उपचारको अभावमा एक शिशुको मृत्यु

सुर्खेत । जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका एक ६ महिने शिशुको उपचार अभावमा शुक्रबार मृत्यु भएको छ । सिमकोट गाउँपालिका–६ का सुरज सुनारका छोरा इमरान सुनारको उपचार अभावमा मृत्यु भएको हो ।

शिशुलाई रुघाखोकी लागेपछि जिल्ला अस्पतालमा लगिएको थियो । तर शिशुमा कडा खालको निमोनिया, झाडापखाला र रुघाखोकी देखिएको र अवस्था गम्भीर देखिएपछि साउन १८ गते जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालमा जान सुझाव दिइएको जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।
तर शिशुलाई बाहिर लैजान हवाइ टिकट नपाएपछि शिशुको मृत्यु भएको शिशुका बुवा सुनारले बताए । उनले टिकटका लागि विभिन्न एयरलाइन्सका कार्यालयमा धाए पनि टिकट नपाएको उनको दुखेको छ ।

उनका अनुसार जिल्ला अस्पतालमा आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक नहुँदा पनि उपचारमा समस्या भएको हो । ‘एक त जहाज नै पहिलेजस्तो नियमित छैन, त्यसमा पनि टिकट पाउनै गाह्रो,’ उनले भने, ‘समयमै बाहिर लैजान नसक्दा छोरालाई गुमाउनुपर्‍यो ।’

खबरपाटी
खबरपाटी