कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमवार पनि बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सोमवार पनि बस्दैछ ।

बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले आज सोमवार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बैठक बस्नेछ ।

आइतवारको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेश गरेका छन् ।

साउन २ गतेदेखि जारी बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउँद, स्वास्थ्य तथा जनसंख्ख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यको प्रगति विवरण पेश गरेका छन् ।

खबरपाटी
खबरपाटी