लघुवित्त खारेज गर्नुपर्ने माग राख्दै प्रदर्शन

लघुवित्त खारेज गर्नुपर्ने माग राख्दै प्रदर्शन

काठमाडौंमा लघुवित्तीय संस्थाविरूद्ध प्रदर्शन भएको छ। 

आइतबार लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गरेका हुन्।

उनीहरूले माइतीघर मण्डलबाट जुलुस निकालेर थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकालीसम्म पुगेका थिए। 

भद्रकाली पुगेर उनीहरूले कोणसभा समेत गरेका छन्। उनीहरूले वित्तीय दलाललाई कारबाही गर, लघुवित्त संस्था खारेज गर, कपाली कागज र बाउन्स चेक खारेज गर जस्ता नारा लेखिएका कागज बोकेका थिए। 

लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, संस्थाले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानहरूलाई ऋण नि:शुल्क प्रदान गर्नुपर्ने लगायत माग राखेका छन्। 

खबरपाटी
खबरपाटी