सञ्चार विधेयक ल्याउन छलफल जारी छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताउनुभएको छ ।

सञ्चार विधेयक ल्याउन छलफल जारी छ: मुख्यमन्त्री पाण्डे

 
काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको सञ्चार विधेयक ल्याउन सञ्चारकर्मीसहित अन्य सरोकार पक्षसँग छलफल भइरहेको बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिला गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित स्व। हरिशचन्द्र वाग्ले क्रियाशील पत्रकारिता पुरस्कारद्वारा पत्रकार सोनी शर्मालाई सम्मान गर्दै उहाँले सञ्चार विधेयक आएसँगै गण्डकी प्रदेशको पत्रकारिता थप मर्यादित हुने विश्वास व्यक्त गर्नुभयो । 

“पत्रकारिता क्षेत्रबाट कुनै निर्दोष व्यक्तिको चरित्र हत्या नहोस्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “पत्रकारिता गर्दा धेरै सोच विचार गरेर मात्र गर्नुहोस् ।” केही गलत पत्रकारकै कारण पत्रकारिता क्षेत्र नै बदनाम भइरहेकाले  मर्यादित र सत्यतथ्यमा आधारित पत्रकारिता गर्न उहाँले सुझाव दिनुभयो । 

गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले पछिल्ला वर्ष पत्रकारितामा महिला सहभागिता बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सबैको साथ सहयोग आवश्यक पर्ने बताउनुभयो । 

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले पत्रकार आचारसंहिताको पालना गर्दै पत्रकारिता अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदी, जमुना शर्मा, कृष्णप्रसाद बास्तोलालगायतले पत्रकारले भोग्दै आएका समस्यबारे जानकारी गराउनुभएको थियो । रासस

खबरपाटी
खबरपाटी