आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ ।
युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ ९छैटौँ शंशोधन–२०७९० को धारा २१ को उपधारा ‘झ’ बमोजिम पत्रकार लोकराज अवस्थी ९बझाङ०, विमल ज्ञवाली ९रुपन्देही०, देवेन्द्र बस्नेत ९दाङ० र रेखा भुसाल ९रुपन्देही०लाई केन्द्रीय सदस्य पदमा मनोनीत गर्नुभएको हो ।
युनियनका महासचिव दिलीप पौडेलले युनियनको विधानको परिधिमा रहेर पदीय जिम्मेवारीअनुसार सङ्गठन विस्तार, पत्रकारिता क्षेत्रको विकासका लागि भूमिका खेल्ने अपेक्षा युनियनले लिएको बताउनुभयो । लम्साल विसं २०७९ साउनमा हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । रासस