सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, हालसम्मकै उच्च

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य बढेर आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो। 

नेपाली सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० भएको छ। त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १ हजार ४१० कायम भएको छ।

बुधबार छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलमाना बुधबार एकै दिन सुनको मूल्यमा १५०० बढेको थियो। 

खबरपाटी
खबरपाटी